वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुले भारतबाट १० हजार डलरसम्मको सफ्टवेयर खरिद गर्न पाउने

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट १० हजार अमेरिकी डलरसम्म भुक्तानी गेर सफ्टवेयर खरिद गर्न पाउने व्यवस्था गरेको छ ।nepal rastra bank सो व्यवस्था अनुरुप कुनैपनि संघ संस्था वा कम्पनीले एक पटकमा अधिकतम १० हजार अमेरीकी डलर भन्दा बढी भुक्तानी गरेर सफ्टवेयर किन्न पाइदैन भने उनीहरुले क वर्गका वाणिज्य बैंक र ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकले यसका लागि एलसी खोल्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले भनेको छ, डलर भुक्तानीका लागि एलसी खोल्नु अनिवार्य छ।
त्यस्तै राष्ट्र बैंकले अनलाइन मार्फत आयात हुने सफ्टवेयरको अग्रिम कर तिरेको रसिद पेश गर्नुपर्ने छ भने भारतबाट आयात गर्दा भारत सरकारबाट डलरमा निर्यात गर्दा दिने छुट देखिने गरी कर र अन्तशुल्क नलागेको विलभए मात्र यस्तो सफ्टवेयर आयात गर्न पाइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ