वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेरोजगारीको कहालीलाग्दो अवस्था, प्राधिकरणको १७ सय पदमा १ लाख बढीको आवेदन

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । देशमा युवा जनशक्ति वेरोजगारीको कहालीलाग्दो अवस्था विद्युत प्राधिकरणमा देखिएको छ । प्राधिकरणकरणले विभिन्न १ हजार ७ सय पदका लागि आवेदन माग गर्दा १ लाख भन्दा बढी युवाहरुको निवेदन परेको छ । दोब्बर दस्तुर तिरेर आवेदन दिने समय अझै बाँकी रहेकाले आवेदनको संख्या अझै बढ्ने प्राधिकरणले जनाएको छ ।

NEA_nepal1प्राधिकरणले भदौ २२ मा ३ देखि १० तहसम्मका १ हजार ६ सय ८९ पद पूर्तिका लागि विज्ञापन प्रकाशन गरेको थियो । आवेदन दिने नियमित अवधि गत शुक्रबारसम्ममा १ लाख ५ सय ३४ आवेदन परेको प्राधिकरण प्रशासन निर्देशनालयले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर आगामी शुक्रबारसम्म आवेदन दिन सकिने भएकाले आवेदनको सख्या अझै बढ्ने निर्देशनालयकी नायब कार्यकारी निर्देशक गोसाईं केसीले जानकारी दिइन् ।

८ वटा क्षेत्रीय कार्यालयबाट आवेदन संकलन गरेकोमा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम पोखरामा परेको छ ।

प्राधिकरणको संगठन सर्वेक्षणको सिफारिसका आधारमा प्राधिकरणको दरबन्दी करिब ९ हजारबाट बढाएर ११ हजार १ सय ४२ पु¥याइएको छ । त्यसको पदपूर्तिका लागि प्राधिकरणकले आवेदन खुलाएको हो । अहिले पनि प्राधिकरणमा कयौ पद रिक्त हुदा निमित्तको भरमा चलेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ