काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सडक सडक दुर्घटनामा घाइते भएका आर्थिक पत्रकारहरु किरण अधिकारी र मोदनाथ ढकालको उपचारका लागि खडा गरेको कोषको रकम हस्तान्तरण गरेको छ ।
विहिबार एक कार्यक्रमकाविच सो रकम हस्तान्तरण गरेको हो । अधिकारी र ढकालको उपचार कोषमा चार लाख सत्ताइस हजार दुइ सय छैसठ्ठी रुपैंया जम्मा भएकोमा उनीहरुको उपचारमा लागेको लागतका आधारमा कोषमा जम्मा भएको रकममध्ये तीन लाख चौबीस हजार छयासी र एक लाख अठ्तीस हजार एक सय असी गरी हस्तान्तरण गरिएको सेजनले जनाएको छ ।
उपचार कोषमा नेपाल आर्थिक पत्रकार समाज, नेपाल अमेरिका पत्रकार संघ, आर्थिक पत्रकारहरु तथा विभिन्न शुभेच्छुक व्यावसायिक संस्था र व्यक्तिहरुले योगदान गरेका थिए ।
प्रतिक्रिया