काठमाडौं। अरुण काबेली पावर कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना निर्माणको लागि सेयर निष्कासन गर्ने भएको छ । कम्प्नीले सेयर निष्कासन गर्ने प्रस्ताव यही कात्तिक २२ गते हुने चौथो बार्षिक साधारण सभामा लैजादै छ।
कम्पनीले बार्षिक साधारण सभामा अधिकृत पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ५० करोड र जारी पूँजी एक अर्ब २० करोडबाट एक अर्ब ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि लैजाने जनाएको छ ।
काबेली बी १ जलविद्युत्को पूर्ण क्षमता २५ मेगावाट रहेको छ। कम्पनीले बिसं २०६९ असार २९ गते विद्युत् खरिद सम्झौता गरिसकेको छ। कम्पनीले १० प्रतिशत सेयर स्थानिय बासिन्दा र ३९ प्रतिसत सेयर सर्वसाधारणको लागि जारी गर्ने लक्ष्य तेस्रो बार्षिक साधारणसभामा राखेको थियो ।
प्रतिक्रिया