काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बैंक र एनसीसी बैंकको व्यवस्थापन अझै केही महिना आफूसँगै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बार्षिक साधारणसभा सम्पन्न गर्नका लागि नेपाल बैंकबाट दुई महिनापछि र एनसीसी बैंकको पुँजी दुई अर्ब पुर्याउनका लागि सो बैंकबाट तीन महिनापछि मात्रै व्यवस्थापन फिर्ता गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले गत माघदेखि व्यवस्थापन नियन्त्रणमा लिएको थियो भने नेपाल बैंक समस्यामा परेपछि २००२ मा विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत नेपाल बैंक मा सुधार थालिएको थियो ।
राष्ट्र बैंकको व्यवस्थापनले एनसीसी बैंकको चुक्ता पुँजी वृद्धि गर्नका लागि ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत गरिसकेको छ भने नेपाल बैंकमा सञ्चालक समिति वास्तविक सेयरधनीलाई बुझाउने तरखरमा रहेको छ ।
प्रतिक्रिया