काठमाडौं । लेखा समितिले तत्कालीन पर्यटनमन्त्री र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग थप जानकारी माग गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकले बोर्डमा चरम आर्थिक अनियमितता भएको र त्यसमा जोडिएका तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठ र टे्रकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) होटल एसोसिएसन नेपाल ९हान० का पदाधिकारीलाई बोलाउने भएको हो ।
बैठकमा बोल्ने सभासदहरुले मुलुकको पर्यटन प्रवर्द्धन र बजारीकरणका लागि गठन भएको बोर्डमा सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत दर्जनौं आफूखुसी निर्णय गरी आर्थिक अनियमितता गरेको पाइएको बताए ।
बैठकमा बोल्दै लेखा समिति सदस्य विकास लम्सालले मुलुक संक्रमणकालीन अवस्थामा छ भनेर फाइदा लुटेको बताउँदै बोर्डमा जात्रा देखाउने सबै ुनालायकु हुन् सवैले राजीनामा दिए हुन्छ ।
बोर्डका पदेन अध्यक्षसमेत रहेका तत्कालीन पर्यटन सचिव सुशील घिमिरे, सहसचिव रञ्जनकृष्ण अर्याल, अर्थमन्त्रालयका सहसचिव डिल्ली सिटौला, सदस्य संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स र बोर्ड सदस्यहरूसँग समितिले जानकारी लिएको थियो ।
समितिका अधिकांश सदस्यले पूर्व सचिव घिमिरेलाई र्याखर्याख्ती पारेपछि जवाफमा घिमिरेले बोर्डभित्रका कामहरू ऐन नीतिअनुरूप भएको तथा नियमावलीलाई बोर्ड बैठकले पारित गरेर आर्थिक गतिविधि भएको भन्दै यो सामान्य प्रक्रिया भएकाले यसलाई सुधार गर्न सकिने भनेपछि सभासदहरू थप आक्रोशित हुँदै पुनः जवाफ माग गरेका थिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष रमेश धमलाले आफ्नो कार्यकालमा टानभित्र अनियमितता र भ्रष्टाचार भएको पाइए जिम्मेवारी लिन तयार रहेको बताउँदै बोर्डभित्रको अनियमितता र अस्तव्यस्ततालाई किनारा लगाउन चाँडो प्रमुख कार्यकारी नियुक्ति गरिनुपर्नेमा जोड दिए ।
बोर्डका सदस्यसंस्थाका प्रमुखहरूले आफूहरूलाई बोर्डका गतिविधिबारे धेरै जानकारी नभएको भनी पन्छिन खोजेपछि उनीहरूप्रति पनि सभासदहरूले प्रश्न उठाउँदै जवाफ मागेका थिए ।
सभासदहरू रामहरी खतिवडा, दीपक गिरी, विकास लम्साल, ममता गिरी, डोरप्रसाद उपाध्याय, मीना पुन, भरत साउद, तप्तबहादुर विष्टलगायतले बोर्डका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया