वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यही ३०, ३१ गते उपत्यकाव्यापी बृहत्त विज्ञान प्रर्दशनी हुने

अर्थटुडे
२०७१ जेष्ठ २७, मंगलवार

काठमाडौं । विज्ञान शिक्षक समाज नेपालको आयोजनामा जेठ ३० र ३१ गते दुई दिने उपत्यकाव्यापी बृहत्त विज्ञान प्रर्दशनी–२०७१ हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विज्ञान शिक्षक समाज नेपालले विज्ञान र प्रविधिको विकासमा देशलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने सोचका साथ राजधानीको पेन्टागन ईन्टरनेशनल कलेजमा दुई दिने उपत्यकाव्यापी बृहत्त विज्ञान प्रदर्शनी हुने बताएको छ ।

त्यस्तै प्रदर्शनीका प्रमुख व्यवस्थापक एवम् समाजका महासचिव विजयकान्त मिश्रले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै मेलाको उद्घाटन प्रमुख अतिथि शिक्षा मन्त्री चित्रालेखा यादवले गर्ने बताएका छन् । उपत्यकाका करिव १०० वटा सामुदायिक तथा निजी विधालयले प्रत्यक्ष सहभागी जनाउने जानकारी दिँदै उनले भने– हामीले कम्तीमा ३०० सामुदायिक तथा नीजी विधालयका करिव ४० हजार विधार्थीहरुले अवलोकन गर्ने विश्वास गरेका छौ ।
बैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्रका अध्यक्ष कृष्णराज अधिकारीले अन्तरिक्ष विज्ञानबारे शैक्षिक पाठ्यक्रममा केहि पनि समावेश नभएको भन्दै अन्तरिक्ष विज्ञानप्रति चासो जगाउनका लागि पानीबाट उड्ने रकेट पनि यसपालिको मेलामा सिकाउने जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ