काठमाडौं । आईएमईले संचालन गरेको “विदेशमा परिवार भेट” योजना अन्र्तगत रुपन्देही, रुद्रपुरका अमिरका थारु विजेता भएका छन् । विजेता बनेसँगै थारुका ४ जना परिवारका सदस्यले मलेसियामा ५ दिनको भ्रमण गर्न पाउनेछन् । भ्रमणको सवैखर्च आईएमईले गर्नेछ ।
आईतबार कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र ब्राण्ड एम्वेसडर दिपाश्री निरौला ले संयुक्त रुपमा विजेताको घोषणा गरे । कम्पनीले भदौ १६ गतेदेखि असोज १९ गतेसम्म संचालन गरेको योजना अन्र्तगत उक्त समय भित्र आईएमई मार्फत रकम पठाउने सेवाग्राहीलाई बम्पर लक्की ड्र मा समावेश गरिएको थियो ।
योजना अन्र्तगत कम्पनीले आईएमईमार्फत भुक्तानी लिने ३३ जना भाग्यशाली सेवाग्राहीलाई दैनिक उपहार अन्र्तगत लगेज ब्याग, ५ जना भाग्यशाली सेवाग्राहीलाई साप्ताहिक उपहार विधाको डिजीटल क्यामरा साथै विदेशबाट आईएमई गर्नेहरुको विधामा पनि त्यतिनै संख्यामा ३३ जनाले स्मार्टफोन, ५ जनाले आईप्याड पुरस्कार हात पारिसकेका कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया