काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार सामान्य घटेको छ । बजारमा कारोबार सुरु भएदेखि नै उतारचढाव भएको नेप्से बजार बन्द हुदा ०.३५ अंकले गिरावट आई ९२५.५० अंकमा अडिएको छ । यसैरी सोमबार समूहगत परिसुचकमध्ये बिमा र अन्य समूहबाहेक सबै सामान्य ओरालो लागेको छ । बिमा समूह १.१४ र अन्य समूह ४.७ अंकले बढेको छ ।
सोमबार १ सय २१ वटा कम्पनीको २२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया