काठमाडौं । नेपाल स्टक मार्केट (नेप्से) परिसुचक मंगलबार पनि सामान्य घटेको छ । कारोबार सुरुभएदेखि उतारचढाव सुरु भएको बजार कारोबार बन्द हुने समयसम्ममा १.१६ अंकले घटेर ९२४.३४ अंकमा झरेको छ । मंगलबार बजार परिसुचक ओरालो लागेपनि कारोबार रकम भने बढेको नेप्सेले जनाएको छ ।
मंगलबार १ सय २७ वटा कम्पनीको २४ करोड २७ लाख रुपैयाँ बराबरका सेयरको कारोबार भएको छ । यसअघि सोमबार १ सय २१ कम्पनीको २२ करोड बराबरको सेयर कारोबार भएको थियो ।
मंगबार समूहगत परिसुचकमध्ये पनि बैंक हाइड्रोपावर र अन्य समूहमात्र ओरालो लागेको छ । सबैभन्दा बढी होटल ११.३९ अंकले बढेको छ भने सबैभन्दा कम बैंकिङ समूह १.३६ अंकले घटेको छ ।
प्रतिक्रिया