वि.सं. २०८१ श्रावण ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माग पुरा भएपछि राष्ट्र बैंकका कर्मचारीहरुको आन्दोलन टुंगियो, कर्मचारीहरुले अव १८ लाख सम्म ऋण पाउने

अर्थटुडे
२०७१ कार्तिक ९, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुको आन्दोलन टुंगिएको छ ।

कर्मचारीहरुको सेवा सुविधा बृद्धि गर्ने, कर्मचारी विनियमावलीमा संशोधन गर्ने, कर्मचारीले पाउने ऋणमा बृद्धि गर्ने लगायतका सहमतिपछि आन्दोलन टुङ्गिएको हो ।
राष्ट्र बैंकमा ४० दिनदेखि कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलनरत थिए ।

बैंकले कर्मचारीले पाउने ऋण सापटीमा पनि सिमा बढाएको छ । यस अघि १२ लाख रुपैयाँमात्र ऋण पाउनेमा सो बढाएर १८ लाख रुपैयाँ ८ प्रतिशत व्याजमा ऋण पाउने छन् । सो सेवा २५ वर्ष पूरा गरेकाले मात्र यो सुविधा पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ