वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ दिने साना किसान सम्मेलन आइतबारदेखि हुने

अर्थटुडे
२०७१ कार्तिक ११, मंगलवार

काठमाडौं । आइतबारबाट दुइ दिने किसान सम्मेलन २०१४ हुने भएको छ । सो सम्मेलनले गरिव तथा विपन्न वर्गको उन्नतिको लागि स्थानीस्तरमा साझा संस्था निर्माण गर्ने लक्ष्य लिइएको बताइएको छ ।IMG_0450

सो संस्था स्थानीस्तरका किसानहरुको गरिवी न्युनिकरणको लागि हुनेछ । साना किसान बिकास अभियानको ४० बर्षको यात्रामा पहिलो पटक यस्तो सम्मेलनको आयोजना हुन लागेको छ।
सो सम्मेलन नितिगत जटिलताहरु समाधान गर्न, लघुवित्त संस्थाहरुले प्रबाह गरेको कर्जाको दोहोरोपना हटाउन र साझेदारी संस्थाहरुविच समन्वय गराउने विषयमा केन्द्रित हुने छ । सम्मेलनको दोस्रो दिन छलफल हुने र छलफलबाट निस्केको निष्कर्षको आधारमा संयुक्त घोषणापत्र तयार गरिने छ ।

समुदायलाई समष्टिगत विकासमा सहभागी गराएमा मात्र गरिवी हट्ने सम्मेलन आयोजना मूल समितिका अध्यक्ष श्री कृष्ण उपाध्यायले बताए । सो सम्मेलनमा एक हजार जना सहभागीको उपस्थिती रहने र बिभिन्न वियषका २४ कार्यपत्र प्रस्तुत गरिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ