वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनबिआईले आन्तरिक लेखापरिक्षण सम्मेलन गर्दै, वित्तीय जोखिम घटाउने लक्ष्य

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार

काठमाडौं । नेशनल बैकिङ इन्ष्टिच्युट (एनबिआई) ले असार ६ गते काठमाडौंमा आन्तरिक लेखा परिक्षण सम्मेलन गर्ने भएको छ ।

NBI
बैंक तथा वित्तीय क्षेत्रको जोखिममा आधारिक लेखा परिक्षणको विषयमा केन्द्रीत रहने उक्त सम्मेलनमा आन्तरिक लेखा परीक्षण सम्बन्धी ज्ञान तथा सीपहरु आदान प्रदान गर्नुका साथै यस क्षेत्रमा देखा परेका चुनौती तथा समस्याहरु छलफल गरी समाधान गर्न मद्दत पुर्याउने सम्मेलन आयोजना गर्न लागिएको एनबिआइले जनाएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिका रुपमा श्री थेरेसा करुणाकरन हुने छन्। उनले रिजर्भ बैंक अफ ईण्डियाको सुपरीवेक्षण शाखाको महाप्रवन्धक हुन्। उनले बैंक तथा वित्तीय संस्थामा कार्यरत धेरै जना कर्मचारीहरुलाई तालिम प्रदान गर्नुका साथै आन्तरिक लेखा परीक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरुमा प्रतिनिधित्व गरी विभिन्न देशमा भाग लिइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ