काठमाडौं । अमेरिकामा बसोवास गर्ने नेपालीहरुको सामाजिक संस्था हिमालयन फाउण्डेसन कर्प अमेरिकाले सिन्धुपाल्चोकको दुवाचौर–१ स्थित ज्योति भञ्याङ निम्न माध्यमिक विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेको छ ।
संस्थाको १९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित विद्यालयको ८ कोठे पक्की भवनको मंगबार अमेरिकी व्यवसायी मार्टिन नेमेकले उद्घाटन गरे । उक्त अवसरमा विद्यालयलाई कप्युटर, प्रोजेक्टर, पुस्तकलगायतका शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
फाउन्डेसनले अमेरिकामा रहेका नेपाली, अमेरिकनबाट सहयोग संकलन गरी शैक्षिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए । आफुहरुले सानो सहयोग गर्दा पनि दुर्गम क्षेत्रका ठुलो राहत हुने भएकाले संस्थाले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा आफुहरुको सहयोग जारी रहने उनले जानकारी दिए ।
संस्थाले यसअघि पनि सिन्धुपाल्चोकको बालसुधार माध्यमिक विद्यालयमा शौचालय र पर्खाल निर्माणका लागि सहयोग गर्नुका साथै विद्यालयमा कप्युटरलगायतका पुस्तक सहयोग गरेको थियो ।
प्रतिक्रिया