काठमाडौं । सहारा विकास बैंकको साधारण सेयरमा ३० गुणा बढी आवेदन परेको छ । जेठ २५ गतेदेखि २८ गतेसम्म ६० लाख सेयरको बिक्री खुल्ला भएकोमा २१ करोडको आवेदन परेको अनुमान गरेको छ ।
सेयरमा न्युनतम ५० कित्ता र अधिकतम ५ हजार कित्ता सेयर आवेदन दिने सकिने व्यवस्था थियो ।
सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको बैंकको तीन शाखा रहेका छन् ।
हाल १ करोड ४० लाख पुँजी रहेको बैंकको सेयर बाडफाडपछि २ करोड पुग्नेछ ।
बैंकको सेयर बिक्री प्रवन्धकका रुपमा ग्लोवल आईएमई क्यापिटले काम गरेको थियो ।
प्रतिक्रिया