वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निरौलालाई निलम्बित गरेपछि पर्यटन प्रबद्र्धनको ढोका खुल्योः पर्यटन सचिव

अर्थटुडे
२०७१ कार्तिक १५, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपाल पर्यटन बोर्डका कायममुकायम कार्यकारी प्रमुख अधिकृत (सिइओ) सुवास निरौलालाई निलम्बित गरेपछि पर्यटन प्रबद्र्धनका लागि ढोका खुलेको बताएका छन् ।sures man

नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार ४१औँ वार्षिकोत्सवको अवसरमा सचिव श्रेष्ठले निरौलालाई निलम्बित गरेर बोर्डको विवाद सुल्झनुले नेपालको पर्यटन प्रवर्द्धनको सुरुवातका लागि कोसेढुङ्गा सावित भएको बताएका हुन् ।

पर्यटन क्षेत्रमा सरकार र निजी क्षेत्रको दुवै हातेमालो गरेर अघि बढ्नु पर्ने सचिव श्रेष्ठको भनाई थियो । नयाँ गठन भएको पर्यटन विभागलाई पनि नीजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढाइने बताउँदै सचिव श्रेष्ठले पर्यटन बोर्ड नीजी क्षेत्रको थलो भएको बताए ।

पूर्व पर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले पर्यटन बोर्डको समस्या समाधानका लागि मन्त्रालयले गरेको कडा निर्णयले पर्यटन क्षेत्रमा सुधारको बाटो देखिएको बताएकी छिन् ।

संयुक्त पर्यटन समन्वय समिति (जेटीसिसि)का संयोजक रमेश धमलाले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी बता उँदै आफूहरु हरपल सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ