काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एक साता यताकै उच्च गिरावट आएका छ । केही दिनदेखि सामान्य उतारचढाव हुदै आएको बजार आईतबार करिव ९ अंकले गिरावट आई ९२१ अंकमा झरेको छ । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार परिसुचकमा असर गरेको हो । मुलुकमा राजनीतिक अन्यौलता बढ्दै जादा लगानीकर्ताको विश्वासमा कमी आई बजार ओरालो लागेको हो ।
आईतबार बजार परिसुचकसँगै सबै समुहगत परिसुचक पनि ओरालो लागेको छ । जलविद्युत् समूहको परिसूचक ४५ अंक, बीमा समूह ४६ अंक, उत्पादन तथा प्रशोधन मुलक समूह ३० अंक, बैंकिङ समूह सात अंकले घट्यो ।
आईतबार कारोबार रकम पनि घटेको छ । कारोबार रकम २ करोडले कमी आई २७ करोड ९६ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया