काठमाडौं । नेपाली बजारमा पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरी घटेको छ ।
स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ ६७ पैसा मूल्य घटेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको राजधानीमा अब प्रतिलिटर १२८ रुपैयाँ पर्छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको १०१ रुपैयाँ ९६ पैसा पर्नेछ ।
नयाँ मूल्य समायोजनपछि अब नियमलाई एलपी ग्यासमा मात्र घाटा रहेको छ । अन्यमा भने नाफा रहेको छ । मूल्य घट्नु अघि नियमलाई मासिक २१ करोड बढी नाफा थियो ।
निगमले केही महिनाअघिदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । जसअनुसार अन्तर्राष्टिय बजारभाउका आधारमा मूल्य तय हुने गरेको छ ।
प्रतिक्रिया