काठमाडौं । युनिक फाइनान्सको आर्थिक वर्ष २०७१ \०७२ को पहिलो त्रैमाससम्ममा नाफा घटेको छ । बैंकले गत आवको असोजसम्ममा ३० लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आवमा भने २७ लाख ६८ हजार नाफा गरेको छ ।
फाइनान्सको व्याज आन्दानीलगायत अन्य आम्दानी घटेकाले नाफामा असर गरेको हो । कम्पनीले चालु आवको असोजसम्ममा ८६ लाख ९० हजार खुद व्याज आम्दानी गरेको छ । यसैगरी यसैगरी अन्य ८ लाख ३८ हजार कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ८८ लाख ६७ हजार खुद व्याज आम्दानी र ९ लाख ३८ हजार अन्य आम्दानी गरेको थियो ।
कम्पनीले मंगलबार प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार असोजसम्ममा ६२ करोड ४९ लाख निक्षेप संकलन गरी ६२ करोड ५१ लाख कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया