काठमाडौं । सेयर बजारलाई देशको अर्थतन्त्रको व्यारोमिटर मानिन्छ । देशमा राजनीतिक अस्थिरता बढ्दै जादा त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । केही दिनदेखि स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दिनमा २६ अंकले गिरावट आएको छ । राजनीतिक दलहरुबिच सहमति नहुने सम्भावना बढेपछि सेयर बजार ओरालो लागेको हो ।
यो साताको सुरुदेखि नै बजार ओरालो लाग्यो । आईतबार नेप्से ९ अंकले घट्यो भने सोमबार १७ अंकले घटेको छ ।
विश्लेषकहरुका अनुसार दलहरुबिचको असहमतिका कारण सहमति नहुने सम्भावना भएकाले लगानीकर्ताहरु लगानी गर्न डराइरहेका छन् । जसको कारण बजार ओरालो लागेको हो ।
सुचिकृत कम्पनीहरुले लाभांस घोषणा गर्ने र साधारणसभाबाट पारित गरि वितरण गर्ने समयमा सेयर बजार बढ्ने समयका रुपमा लिइन्छ । तर यसपटक राजनीतिक वातावरणको नकारात्मक असर परेको हो ।
सेयर विश्लेषक रविन्द्र भट्राई यो सेयर बढ्ने सिजन भएपनि राजनीतिक अस्थिरताका कारण लगानीकर्ताको मनोवल गिरेका कारण बजारमा असर परेको हो ।
राजनीतिक वातावरण सहज बनेमा लगानीकर्तामा आत्मविश्वास बढ्ने भई सेयर बजार उकालो लाग्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया