वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रत्न तथा आभुषण प्रदर्शनीको तयारी पुरा, नायिका टण्डन ¥याम्पमा उत्रिने

अर्थटुडे
२०७१ कार्तिक १८, मंगलवार

काठमाडौं । नेपाली गरगहनाको प्रर्वद्धनका लागि भारतिय नायिका रबिना टण्डन ¥याम्पमा उत्रिने भएकी छिन् । नेपाल रत्न तथा आभुषण संघको आयोजनामा कात्र्तिक २१ गतेदेखि हुने दोस्रो बृहत् रत्न तथा आभुषण प्रदर्शनी पूर्वसन्ध्यामा कात्र्तिक १९ गते हुने फेशन शोमा टण्डनले नेपाली गहना पहिरन गरी ¥याम्पमा जाने आयोजकले जनाएको छ ।

उक्त फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ ¥याम्पमा उतार्नेछन् ।

jweller expo photo

मंगलबार पत्रकार सम्मेलन गरी संघले प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका संघले प्रदर्शनी गर्न लागेको हो । दरबारमार्गस्थित याक एण्ड यति होटलभित्र सञ्चालन हुनेछ भने तीन दिनसम्म चल्ने जनाएको छ ।

यसअघि पहिलो प्रदर्शनी सन् २०११ मा भएको थियो ।

“Taking Nepalese Jewellery Globally” भन्ने मुल नारा रहेको प्रदर्शनीमा गरगहनासँग सम्बन्धित ३५ वटा कम्पनीहरुको सहभागिता रहने र करिब १० हजार भन्दा बढी आगन्तुकले भ्रमण तथा अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ ।

गरगहनाको क्षेत्रमा करिब २० अर्ब रुपैयाँ बराबरको लगानी भएको अनुमानित तथ्यांक रहेको छ भने करिब ३५ अर्ब रुपैयाँको बजारको आकार रहेको छ । कुल बजारमा करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाहरुले लिएको अनुमान रहेको छ । कर तथा भन्सार गरी यस क्षेत्रबाट रु ५ अर्बभन्दा बढी संकलन हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ