काठमाडौं । सिटी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट सेयरधनीलाई २३ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २२ प्रतिशत बोनस सेयर र त्यसको करका लागि १.१५७९ प्रतिशत नगद लाभांस रहेको छ ।
बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
बैंकले हाल १० बराबर तिन कित्ता हकप्रद सेयर पनि निष्काशन गरिरहेको छ । उक्त हकप्रद सेयर र बोनस वितरणपछि बैंकको पुँजी ४६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया