वि.सं. २०८१ माघ २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सनराईजका सिइओ प्रधान बाहिरिए, कुमार लम्साल आउने चर्चा

अर्थटुडे
२०७१ कार्तिक १९, बुधबार

काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले राजिनामा दिएका छन् । बैंकले एक विदाई समारोह आयोजना गरी उनलाई बिदा गरेको छ । प्रधान बाहिरिएसँगै सनराईजको सिईओमा कुमार लम्साल आउने चर्चा चलेको छ । लम्साल प्रभु बैंकबाट राजिनामा दिएर खाली बसेका छन् ।

sunrise bank

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपनि प्रधान सनराईजका प्रमुख कार्यकारी प्रमुख बनेका थिए । उनले बैंकलाई माथि लैजान नसेको भन्दै असन्तुष्टि रहेको थियो ।

बैंकले आयोजना गरेको औपचारिक विदाई समारोहमा अध्यक्ष मोतिलाल दुगडलगायत बैंकका संचालक र उच्च अधिकारीको सहभागिता रहेको थियो ।

बैंकमा लम्साल आउने चर्चा चलेपनि बैंकले भने यसबारे केही बताएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ