वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्योति विकास बैंकको नाफा ९२ % बढ्यो

अर्थटुडे
२०७१ कार्तिक १९, बुधबार

काठमाडौं । आर्थिक वर्ष २०७१\ ७१ को पहिलो त्रैमासमा ज्योति विकास बैंकको नाफा ९२ प्रतिशतले बढेको छ । बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार असोजसम्ममा १ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५२ लाख रुपैयाँमात्र थियो ।

jyoti bikas bankबैंकको खुद व्याज आम्दानी बढ्नुका साथै जोखिम व्यवस्था वापतको रकम (प्रोभिजन) घटेपछि नाफा बढेका हो ।

बैंकले असोजसम्ममा ५ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो त्रैमासमा यस्तो आम्दानी ५ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पहिलो तीन महिनामा १ लाख ९७ हजार रुपैयाँ प्रोभिजन छुट्टाएको बैंकले यस वर्ष १ करोड १५ लाख रुपैयाँमात्र छुट्टाएको छ ।

बैंकको खराब कर्जाको मात्रा ४.४४ प्रतिशतबाट ३.४८ प्रतिशतमा झरेपछि प्रोभिजन घटेको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ