वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हप्तादिनपछि ७.२१ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ कार्तिक १९, बुधबार

काठमाडौं। गत साताको मंगलबारदेखि लगातार घटेको नेप्से परिसुचक बुधबार भने ७.२१ अंकले बढेर ९०४.६७ अंकमा अडिएको छ । मंगलबार ८९७ मा ओर्लेको नेप्से बुधबार ९०४ विन्दुमा पुगेको हो । यस दिन समूहगत परिसुचकहरु पनि उकालो लागेको छ भने सवैभन्दा बढी विमा समूहको कारोबार भएको छ ।
यस दिन सवैभन्दा बढी कमाउनेहरुमा ईन्फाइस्टक्चर डेभलपमेन्ट बैंक,ईन्टरनेसनल डेभलपमेन्ट बैंक,सेवा विकास बैंक,सुमिट माइक्रोफाईनान्स डेभलपमेन्ट बैंक र लुम्विनी जनरल ईन्सुरेन्स रहेका छन् ।
यस दिन अघिल्लो दिनको भन्दा २ करोड रुपैयाँले कारोबार रकम घटेको छ । मंगलबार २० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १८ करोड रुपैयाँको मात्र कारोबार भएको छ । यस दिन १२९ कम्पनीको कारोबार भएकोमा २९ वटा कम्पनीको भने सेयर मुल्य घटेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ