काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले २१.०५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद रहेको छ ।
बैंक संचालक समितिले गरेको यो लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
हाल ११ करोड चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वितरणपछि १३ करोड २० लाख रुपैयाँ पुग्नेछ ।
यसैगरी गुडविल फाईनान्सले लगानीकर्तालाई ६.२८ प्रतिशत बोनस सेयर र ७.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फाईनान्सको यो लाभासं प्रस्तावलाई र कम्पनीको साधारणसभाबाट स्किृत गर्न बाकी छ ।
कम्पनीले गत बर्ष ५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
प्रतिक्रिया