काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर विक्रि गर्नका लागि पुन बोलपत्र आव्हान गर्ने तयारी गरेको छ । यसअघि वाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर न्यूनतम मूल्य ५ सय ३० मा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । तर, सो सेयर खरिद गर्नका लागि पर्याप्त आवेदन नपरेपछि कम मूल्यमा बिक्री गर्नका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।
बैंकले ६२ लाख २० हजार ६६ कित्ता सेयर बिक्रीमा राखेको मध्ये १२ लाख कित्ता मात्र सेयर खरिदका लागि निवेदन परेको थियो । बैंकले बाँकी सेयर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारीमा रहेको जनाएको छ । सेयरको मूल्य निर्धारण गर्न बैंकले समिति गठन गरेको र सो समितिले निर्धारण गरे बमोजिमको मूल्यमा सेयर बिक्री गरिने छ ।
यसअघि नागरिक लगानीकोष र कर्मचारी सञ्चयकोषले नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर प्रतिकित्ता ४ सय ५० रुपैयाँका दरले किन्न खोज्दा कुरा नमिलेपछि वाणिज्य बैंकले महंगो मूल्य राखेर बोलपत्र आह्वान गरेको हो ।
बाणिज्य बैकको नेपाल आवास फाइनान्स कम्पनी लिमिटेडको १ लाख ९८ हजार ४ सय ९७ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको सेयर भने पूरै बिक्री भएको छ ।
प्रतिक्रिया