काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्कीलाई घुस लिदालिदै पक्राउ गरेका छन । अख्तियारको टोलले कार्कीलाई धुम्बाराहीको मुनलाइट क्याफेबाट शुक्रबार राती पक्राउ गरेको हो ।
कार्की सहित दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम कार्की पनि पक्राउ परेका छन् । कार्कीको साथबाट आयोगको टोलीले २१ लाख ४० हजार नगद बरामद गरेको छ भने साथीको घरमा लुकाइ राखेको दुई झोला पैसा बराबद भएको छ । सो झोलामा कति भन्ने गन्न बाँकी छ । करोडौंको घुस लेनदेन भएको अनुमान छ ।
कार्कीमाथि अबैध सुन तस्करी गर्दा पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोप छ । अख्तियारका अधिकारीहरुका अनुसार अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । विषेष सुराकको आधारमा अख्तियारको टोलीले उनलाई पछ्याउँदै गएको थियो भने उनी धुम्बाराहीबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया