काठमाडौं । नियामक निकायले सुचिकृत कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गर्ने पर्ने बाध्यात्मक व्यवस्था लागु गरेको पाँच वर्ष भएछि मात्रै विमा संस्थानले पहिलो पटक वित्तिय विवरण सार्वजनिक गरेको छ । अहिलेसम्म बार्षिक लेखा परिक्षण समेत गर्न नसकेको विमा संस्थानले पहिलोपटक त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक वित्तिय विवरण अनुसार संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ लाख ७२ हजार खुद नाफा कमाएको छ ।
त्यसैगरी संस्थाले पहिलो त्रैमासमा लगानी,कर्जा तथा अन्यबाट १५ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय विवरण जीवन विमातर्फको हो । निर्जिवन विमा तर्फको वित्तिय विवरण भने संस्थाले सार्वजनिक गरेको छैन ।
संस्थाले दुई अर्व ३३ करोड रुपैयाँ बराबरको दीर्घकालिन लगानी गरेको छ । सस्थानको जगेडा कोषमा साढे २८ करोड रुपैयाँ जम्मा गरेको छ भने जीवन वीमा कोषमा १४ अर्ब रुपैयाँ छ ।
दीर्घकालिन लगानी दुई अर्ब ३३ करोड रुपैयाँ बराबर गरेको छ । पूजीबजारमा यो कम्पनीको सेयर प्रतिकित्ता चार हजार पाँच सय रुपैयाँ भन्दा बढीको दरमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया