वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट बच्यो

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ । विमानको इन्जिनमा खरावी भएपछि सोलुखुव्बुको फाप्लुमा विमान अकस्मात ग्राउन्डेड भएको थियो । ५ जना सभासद सहित १५ जना यात्रु बोकेर काठमाडौं आउँदै गरेको विमान उडान भर्नका लागि धावन मार्गमा गुड्दै गर्दा दायाँ तर्फको पंखा नघुमेपछि जहाज ग्राउन्डेड भएको थियो ।banner3

बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मचारीहरु रहेका थिए ।

उनीहरु दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली अध्ययनको लागि सोलुखुम्बु पुगेका थिए । सभासदहरुको टोली आइतबार विहान ८ बजे काठमाडौं फर्किने कार्यक्रम थियो ।

बिग्रिएको कल साईन नाईन एन ए बी यु जहाज मर्मतका लागि नेपाल एयरलायन्स काठमाण्डौबाट ईन्जिनियर सहितको टोलि फाप्लु बिमानस्थलमा झिकाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ