काठमाडौं । आर्थिक वर्ष २०७०\०७१ मा ९ वटा बाणिज्य बैंकले अर्वमा नाफा गरे । आकर्षक नाफा गर्ने बैंकहरुमा सरकारी स्वामित्वमा रहेको तीन वटा र निजी क्षेत्रका ६ वटा बैंक रहेका छन् । आकर्षक नाफा गर्ने बैंकहरुले लगानीकर्तालाई आकर्षक प्रतिफल दिदैछन् । बासेल थ्री लागू गर्नुपर्ने समय सीमा नजिकिदै जाँदा पुँजी बढाउने दवावमा रहेकाले बैंकहरुले सेयर लाभांसमा जोड दिएका छन् ।
गत वर्ष सबैभन्दा बढी नविल बैंकले २ अर्व ३१ करोड रुपैयाँ नाफा गरेको थियो । घोषणा भएकामध्ये सबैभन्दा बढी लाभांस पनि उसैको छ । उसले २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांस वितरण गर्दैछ ।
दोस्रो बढी लाभांश वितरण गर्नेमा एभरेस्ट बैंक परेको छ । गत वर्ष १ अर्ब ५४ करोड कमाएको बैंकले ६२ प्रतिशत लाभांश बाँड्दैछ । तेस्रोमा स्टयाण्र्डर्ड चार्टर्ड बैंक परेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५१ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्दैछ । चार्टर्डले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो ।
यसैगरी चोथौ लाभांश बितरण गर्ने बैंक इन्भेष्टमेन्ट रहेको छ । सो बैंकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत लाभांश बितरण गर्दै छ । इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । पाँचौ र छैटो स्थानमा परेका ग्लोबल आईएमई र हिमालयन बैंकले २५ प्रतिशत र २१.५ प्रतिशत लाभांश वितरण गर्दै छन् ।
सरकारी स्वामित्वका ३ वटा बैंकले भने अर्व नाफा गरेपनि लाभांस वितरण गर्न सकेका छैनन् ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणी ज्ञवाली वासल–३ लागु भएपछि सबै बैंकले चुक्ता पुँजी ५ अर्ब पु¥याउनु पर्ने भएकाले यसपटक सबै बैंक वित्तीय संस्थाले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । अघिल्ला वर्षहरुमा नगद लामांस बाड्ने बैंकहरुले नगदसँगै सेयर लाभांस पनि बाडेका छन् ।
अर्ब भन्दा बढी नाफा गर्ने बैंकको लाभांश
बैंक नाफा लाभांश
नबिल २ अर्ब ३१ करोड २०% वोनस र ४५% नगद
नेपाल इन्भेस्टमेन्ट १ अर्ब ९५ करोड १५% वोनस र २५% नगद
एभरेस्ट १ अर्ब ५४ करोड १२% वोनस र ५०% नगद
स्ट्यान्डर्ड चार्टर्ड १ अर्ब ३७ करोड १०% वोनस र ४१.५% नगद
कृषि विकास १ अर्ब ५० करोड —
नेपाल बैंक १ अर्ब २३ करोड —
ग्लोबल आईएमई १ अर्ब ७४ लाख २१% वोनस र ४% नगद
हिमालयन १ अर्ब १० करोड १५% वोनस र ६.०५% नगद
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८० करोड —
प्रतिक्रिया