वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी उकालो लाग्यो नेप्से, मंगलबार करिव ८ अंकले बृद्धि

अर्थटुडे
२०७१ कार्तिक २५, मंगलवार

काठमाडौं । लगातार दुईदिन सम्म घटेको नेप्से परिसुचक मंगलबार ७.७८ अंकले बढेर ८९२.५२ अंकमा अडिएको छ । आइतबार साढे ९ अंकले घटेको नेप्से सोमबार १० अंकले घटेको थियो । यस दिन होटल समूह बाहेक सम्पुर्ण समूहको समूहगत परिसुचक बढेको छ ।shareविमा र हाइड्रोपावर समूहको परिसुचक उच्च अंकले बढेको छ ।  कारोबारको आधारमा यस दिन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रह्यो भने गरिमा विकास बैंकले सवैभन्दा बढी गुमायो । अर्को साता नेपाल राष्ट्र बैंकले अभौतिकीकरण (डिम्याट) गरिएका सेयरको धितो कर्जा दिन सकिने व्यवस्था गर्ने कुराले पनि नेप्से बढेको हो ।

हाल कागजी रुपमा रहेको सेयरको आधारमा मात्र कर्जा लिन पाइने तर डिम्याट भएका सेयरको आधारमा नपाइने व्यवस्था छ। त्यसैले हाल जतिसंग साथमा प्रमाण पत्र छ, तीनले मात्र कर्जा पाइरहेका छन्। कर्जा अभावमा बजारमा लगानी पनि बढ्न सकेको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ