काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले मुलुकमा लगानीको वातावरण निर्माण हुन थालेपछि विदेशी लगानीकर्ताहरु विकासका पूर्वाधारमा लगानी गर्न ईच्छुक देखिएको बताएका छन् ।
राजधानीमा मंगलबारदेखि सुरु भउको नेपाल पूर्वाधार सम्मेलन २०१४ मा बोल्दै पछिल्लो समयमा ठूला ठूला परियोजनामा पनि विदेशी लगानीकर्ता लगानीगर्न इच्छुक देखिएको र कतिपय परियोजनाहरुमा लगानीको लागि सम्झौता नै भईसकेको बताए ।
महतले गौतम बुद्ध विमानस्थल,पोखरा विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण सुरु हुन लागेको पनि जानकारी दिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि सरकराले थप आठ अर्व रुपैयाँ लगानी गर्दैछ ।
सम्मेलनको ‘आउटलुक एन्ड अपर्चुनिटिज’ सेसनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सरकार विदेशी लगानीकर्ताहरुलाई स्वागत गर्न आतुर रहेको बताए ।
‘यो सरकार आएपछि मुलुकको लगानीको वातावरणमा धेरै सुधार भएको छ’ उनले भने( ‘यही कारण पूर्वाधारमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आकषिर्त हुने क्रम बढ्दो छ ।’ यस्तै नागढुंगा टनेल प्रोजेक्ट पनि छिट्टै अघि बढ्ने अर्थमन्त्रीले जानकारी दिए।
यो बाहेक भारत सरकारले दिने एक खर्ब सफ्ट लोन पनि पूर्वाधारमै लगानी हुदैछ । काठमाडौं(तराइ फाष्ट ट्र्याक र बुढी गण्डकी जलद्युत आयोजना पहिलो प्राथमिकतामा छन् ।
जलविद्युतको क्षेत्रमा लगानी बढाउन सरकार प्रयत्नशील रहेको भन्दै मन्त्री महतले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो त्रिशुली आयोजनाको पिडिए छिट्टै हुने बताए।
हामीले भारतसँग पिटिए गर्यौं र भारतीय कम्पनी जिएमआरसँग माथिल्लो कर्णाली आयोजनाको पिडिए पनि गर्यौं,ु महतले भने, ुअब छिट्टै नै अरुण तेस्रो र अपर त्रिशुलीको पिडिए पनि हुन्छ। तीन वर्षमा नेपालमा लोडसेडिङ अन्त्य हुने भन्दै अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादनसँगै ट्रान्समिसन लाइन निर्माणलाई पनि प्राथमिकतामा राखेको बताए।
अर्थमन्त्री महतले नेपाल लगानीका लागि सुरक्षित र आकर्षक गन्तब्य भएको भन्दै नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।
फास्ट ट्रयाक तथा टनेल प्रोजेक्टको काम पनि अगाडी बढिरहेको बताउँदै महतले बजेटमा ठूला परियोजनामा लगानी आकषिर्त गर्न आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराएको स्मरण गरे । उनले आर्थिक क्षेत्रसँग सम्बन्धीत अड्किएर रहेका ऐन तथा कानुन पनि छिट्टै ल्याउन पहल भइरहेको पनि बताए ।
भारतको जवहरलाल नेहरु विश्व विद्यालयका प्रोफेसर एस।डी। मुनीले लगानी आकषिर्त गर्नका लागि ४ वटा कुराहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकभित्र शान्ती, स्थिरता, राजनीतिक दलहरुको कार्यशैली र क्षेत्रीय सन्तुलनले लगानीको वातावरण निर्धार गर्ने उनको भनाई थियो ।
यस्तै योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्माले सरकारले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन नीतिगत रुपमै सुधार गर्नुपर्नेमा जोड दिए। नेपालमा लोडसेडिङको समस्या ठुलो रहेको भन्दै शर्माले सरकारले उद्योगलाई धेरै समयसम्म विद्युत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
‘आफ्नो देशको विकास आफैले गर्ने हो, कसैले आएर गरिदिदैन’ महतोले भने( ‘नेपालको विकासका लागी हामी सबै नेपाली मिलेर लगानी गरौं ।’ हामी नेपालीले कुरामात्र धेरै गरेको बताउँदै उनले काम गरेर देखाउन नसकेको गुनासो गरे ।
कार्यक्रममा महतोले भारतले खरिद गर्ने ग्यारेन्टी दिएमा आगामी दुई वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने बताएका छन् । नेपालमा उत्पादन भएको विद्युत सबै खपत नहुने हुँदा बजारको निश्चितता चाहिने उनको भनाई थियो ।
प्रतिक्रिया