काठमाडौं । भारतबाट रेमिट्यान्स कारोबारका लागि प्रभु बैंक र प्रभु मनी ट्रान्सफरले भारतको कोहलपुरस्थित रत्नाकर बैंकसँग सम्झौता गरेका छन् ।
सम्झौता अनुसार भारतमा रहेका नेपालीहरुले रत्नाकर बैंकका सवै शाखाबाट नेपाल रकम पठाउन सक्नेछन् । उक्त रकम प्रभु बैंकका शाखा र रेमिट्यान्सको काउन्टरबाट भुक्तानी लिन सकिनेछ ।
रत्नाकर बैंकका भारतभर १ सय ८० भन्दा बढी शाखा कार्यालयहरु रहेका छन् । यसैगरी नेपालभर प्रभु बैंकका १ सय १२ शाखा र प्रभु मनी ट्रान्सफरका ५ हजार भन्दा बढी भुक्तानी एजेन्टहरु छन । सम्झौताले भारतबाट नेपाल रेमिट्यान्स पठाउन सहज हुने कम्पनीले दावी गरेको छ ।
मंगलबार काठमाडौंमा भएको त्रिपक्षीय सम्झौतामा प्रभु बैंकका कामु प्रमूख कार्यकारी अधिकृत अशोक शेरचन, रत्नाकर बैंकका वरिष्ठ उपाध्यक्ष तथा बैकिङ च्यानल प्रमूख रितेश पाई र प्रभु मनी ट्रान्सफका राम अवतार गोयलले हस्ताक्षर गरे । कार्यक्रममा प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन, संचालक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया