काठमाडौं । आर्थिक वर्ष २०७०\०७१ सम्ममा बिमा समितिले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउन नसक्ने ६ वटा निर्जीवन बिमा कम्पनीहरुले नयाँ शाखा खोल्न र नगद लाभांस वितरण गर्न नपाउने भएका छन् । समितिले गत आवभित्र निर्जीवन बिमा कम्पनीहरुलाई २५ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । त्यसमध्ये एनबी, एभरेष्ट, युनाइटेड, नेको, प्रिमियर र नेपाल बिमा कम्पनीको पुँजी पुगेको छैन ।
यसमध्ये सबैभन्दा कमजोर पुँजीगत आधार एनबी इस्योरेन्सको ४ करोड मात्र रहेको छ । कम्पनीको व्यवस्थापन हस्तक्षेप गरी समितिले लिएको छ । यसैगरी एभरेष्टको १० करोड, युनाइटेड, नेको र प्रिमियरको २० करोड र नेपाल बिमा कम्पनीको २२ करोड पुँजी रहेको छ ।
हाल मुलुकभर १७ वटा निर्जीवन बिमा कम्पनी संचालित छन् । ११ वटा कम्पनीले भने चुक्ता पुँजी पुर्याएको समितिले जनाएको छ । यसैगरी जिवन बिमा कम्पनीले भने तोकिएको ५० करोड पुँजी पुर्याइसकेका छन् ।
बिमा कम्पनीहरुको पुँजीगत आधार बलियो बनाउनका लागि पुँजी बढाइएको समितिले जनाएको छ ।
प्रतिक्रिया