वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको १३ % लाभांस प्रस्ताव

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

 काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्नेछ ।

sahakari bankसोमबार सम्पन्न वैक सञ्चालक समिति र लेखा समितिको संयुक्त वैठकले बैंकको साधारणसभा विराटनगरमा मंसिर २९ गते गर्ने निर्णय गरेको छ । वैठकले साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, प्रवन्ध सञ्चालकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

बैंकमा हालसम्म ७ हजार १ सय सहकारी संघ संस्था सदस्य रहेको, ६४ करोड सेयर पुँजी, ८ अर्व निक्षेप र ४ अर्ब लगानी रहेको बैंकका प्रवन्ध सञ्चालक के.वी उप्रेतीले जानकारी दिए ।

३३ वटा शाखा कार्यालय र केन्द्रिय कार्यालयमार्फत सहकारी संघ संस्थाहरुलाई वित्तिय सेवा दिदै आएको सहकारी बैंकलाई सहकारी क्षेत्रको केन्द्रीय बैंक बनाउने, राष्ट्रिय सहकारी बैंक ऐन ल्याउने, सरकारले सहकारी क्षेत्रमा प्रवाह गर्ने सबै किसिमका कोषहरु सहकारी बैंक मार्फत परिचालनका लागि पहल भैरहेको अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ