काठमाडौं । आर्थिक वर्ष २०७१\७२ को असोजसम्ममा लुम्बिनी बैंकले ८ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा बैंकको नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र थियो ।
नवदुर्गा फाइनान्ससँग मर्ज भएको बैंकको कारोबार रकम बृद्वीसँगै खुद व्याज आम्दानी समेत बढेकाले बैंकको नाफा उकालो लागेको हो ।
बैंकले बुधबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार ०७१ असोजसम्म बैंकले १७ अर्ब निक्षेप संकलन गरी १४ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिमा बैंकमा १२ अर्ब रुपैयाँ निक्षेप र १० अर्ब रुपैयाँ कर्जा लगानी थियो ।
बैंकले खुद व्याज आम्दानी करिब १० करोडबाट बढाएर १५ रुपैयाँ पु¥र्याएको छ । त्यस्तै बैंकले कर्जा जोखिम वापत छुट्याएको रकमबाट तीन करोड रुपैयाँ राइट व्याक पनि गरेको छ ।
प्रतिक्रिया