वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेलम्ची खानेपानी आयोजनाको काम समयमै सक्न निर्देशन

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम समयमै सक्न व्यवस्थापिका–संसद अन्तर्गतको विकास समितिले सरकालाई निर्देशन दिएको छ । समितिका बुधबार बसेको बैठकले आयोजनाको प्रमुख कार्य टनेल बनाउने कार्यलाई तोकिएको समयमा आयोजना सम्पन्न गर्ने गरी अघि बढाउन शहरी विकास मन्त्रालय र मेलम्ची खानेपानी विकास आयोजनालाई निर्देशन दिएको हो ।

melamchi
सरकारले २०७३ वैशाख भित्र मेचम्ची आयोजनाको काम सक्ने समयसिमा निर्धारण गरेको छ ।

यसैगरी समितिले मेचम्ची आएपछि पनि काठमाडौंको पानीको माँग पूर्ति नहुने भएकाले तत्काल अन्य आयोजना समेत अघि बढाउन बनेको छ । काठमाडौँको वर्तमान खानेपानी माग प्रतिदिन ३६ करोड लिटर रहेको र मेलम्चीले १७ करोड लिटर मात्र सप्लाई गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ