काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) ८ अंकले घटेको छ । कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य ओरालो लागेपछि समग्र बजारमा असर गरेको हो ।
साताको सुरुवातमा आईतबार र सोमबार ओरालो लागेपनि बजार मंगलबार बढेपछि लगानीकर्ता उत्साहित भएका थिए । तर, बुधबार फेरी बजार घटेपछि लगानीकर्ता निराश भएका छन् । बजार खुलेदेखि आरोलो लाग्न थालेको नेप्से परिसुचक अन्ततः ८.१७ अंकले घटेर ८ सय ८४.३५ अंकमा झरेको छ ।
नेप्से परिसुचकसँगै बुधबार समूगत परिसुचक पनि ओरालो लाग्यो । होटल समूहबाहेक सबै समुह घटेको छ । सबैभन्दा बढी बिमा समुह ५५.३४ अंकले घटेको छ । यसैगरी जलविद्युत समुह ३९.२४ अंक, बैंकिङ समुह ६.७७ , फाइनान्स २.३५ अंकले घट्यो ।
होटल समुह परिसुचक भने २९.४९ अंकले बढेको छ ।
बुधबार बजारमा २२ करोड ९४ लाख रुपैयाँका बराबरको ७ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया