वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार उकालो चढ्दै नेप्से, बुधबार ९ सय नजिक

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार

काठमाडौँ । पछिल्लो समयमा नेप्सेमा लगातार बृद्धि भइरहेको छ । बुधबार नेप्से परिसुचक ४.५१ अंकले बढेर ८९९.५३ मा पुगेको छ । यो अंक पछिल्लो करिव ६ वर्षयताकै उच्च रहेको छ । २०६५ भदौ अन्तिमतिर नेप्सेमा यसैगरी बृद्धि भएको थियो । बुधबार दिउँसो नेप्से ९ सय ५ अंकसम्म पुगेको थियो ।

समूहगत सुचक तर्फ  बुधबार बैकिङ, विकास बैंक, फाइनान्स तर्फ नेप्से बढेको छ भने होटल, विमा र जलविद्युत तर्फ घटेको छ । बुधबार ६२ करोड ५ लाख ७० हजार ६७० रुपैयाँ बराबरको १७ लाख २० हजार ८४७ कित्ता शेयर किनवेच भएको छ । करिव एक सातादेखि लगातार नेप्सेमा बृद्धि भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ