वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको ३४.७४ % लाभांस पारित

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । कुमारी बैंकको साधारणसभाले आर्थिक वर्ष २०७०\ ०७१ को नाफाबाट ३४.७४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांसमध्ये ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७४ प्रतिशत नगद रहेको छ ।

kumari agm
सभामा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष नूर प्रताप जवराले बैंकले प्राविधिक क्षमता र सेवा क्षेत्रलाई बढाउँदै लगेको बताए ।

बैंकले गत आवमा २७ अर्व ५७ करोड निक्षेप संकलन तथा २२ अर्व ८० करोड कर्जा लगानी गरी ३४ करोड १६ लाख खुद नाफा गरेको छ ।

बैंकले हालै देशका विभिन्न ठाउमा ६ वटा शाखा विस्तार गरेको छ । छिट्टै काठमाडौं उपत्यकाको कलंकी तथा थलीमा शाखा खोल्ने तयारीमा रहेको छ । हाल बैंकले ३४ शाखा, २ एक्सटेन्सन काउन्टर, ४० वटा एटिएमबाट बैंकिङ्ग सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ