काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७० ७१ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिले १९ प्रतिसत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिसत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले गत आवमा ६३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । हाल २ अर्व ६३ करोड चुक्तापूँजी रहेको बैंकले बोनस वितरणपछि तीन अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया