काठमाडौं । जापान सरकारको अनुदानमा निर्माण भइरहेको काभ्रेको धुलिखेलदेखि सिन्धुलीको बर्दिबास जोड्ने बीपी राजमार्ग आगामी फागुनसम्ममा तयार हुने भएको छ । सडकको निर्माण जिम्मा लिएको जापान अन्तरर्राष्ट्रिय सहयोग नियोग (जाइका)का उपाध्यक्ष तोशियुकी कुरोयानागीले फागुनमा सडकको निर्माणलाई अन्तिम रूप दिइनेछ भने आगामी वैशाखमा त्यसको औपचारिक उद्घाटन गरिने जानकारी दिए ।
राजधानीलाई पूर्वीतराइसँग जोड्ने रणनीतिक सडक मानिएको १ सय ५८ किमीको बीपी राजमार्गले नारायणगढ–हेटौंडा हुँदै बर्दिबाससम्म पुग्ने यात्रालाई २ सय किमीभन्दा बढीले छोटो बनाउनेछ । सन् २०११ मै सम्पन्न गर्ने भनिए पनि त्यसलाई सारेर २०१५ पुर्र्याईएको थियो ।
हाल नेपाल भ्रमणमा रहेका कुरोयानागीले बुधवार पत्रकार सम्मेलन गरी जाइकाले सीतापाइलादेखि नौबिसेसम्मको सुरुङ मार्गको पनि सम्भाव्यता अध्ययन गरिरहेको बताए । अहिले अध्ययनको चरणमा रहेको र यसमा जापान सरकारले सुरुङमार्गमा ऋण लगानी गर्ने सम्भावना रहेको भने उनले जानकारी दिए ।
प्रतिक्रिया