वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्झौता गर्नासाथ देश बेच्यो भन्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्छ:अर्थमन्त्री

अर्थटुडे
२०७१ कार्तिक २९, शनिबार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले राजनीतिक खिचातानीमा धेरै समय खेर फालिसकिएकोले अवको समय विकास निर्माणको कामका लागि खर्चिने बताएका छन् । RamSharan-Mahatउनले साधन र स्रोत नभएका संसारका अन्य मुलुकहरुले तीब्र बृद्धि हासिल गरीसक्दा पनि नेपाल भने राजनीतिक खिचातानीमा समय खर्चिरहेको चर्चा गर्दै अव विकास निर्माणका काम जुट्नुपर्ने बताए ।

शनिवार माइक्रोबायोलोजी समाजले माइक्रोबायोलोजी सम्वन्धी पाँचौ सम्मेलनको उद्घाटन गर्दै उनले संबिधान जारी नहुन्जेलसम्म विकास निर्माणलाई रोकेर बस्ने स्थिति नभनएको र विकास निर्माणका कामहरुलाई तिब्रता दिन आवश्यक रहेको समेत स्पष्ट पारे ।

उनले बर्षेनी विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरेर श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई रोजगारी दिन सक्ने ताकत कृषि र पर्यटन क्षेत्रमा रहेको बताउँदै मन्त्री डा.महतले भने—“ भौगोलिक विविधता र प्राकृतिक सम्पदाहरुको उपयोग गरी रोजगारी सिर्जना गर्न सकिन्छ । ”

जलस्रोतको भण्डार भएपनि राजनीतिकरणले अगाडि बढ्न नसकेकोदावी गर्दै डा.महतले जलबिद्युतको विकासका लागि विदेशी पुँजी र बजार आवश्यक पर्छ । पुँजी र बजारको लागि सम्झौताहरु गर्नासाथ देशै बेच्यो भनेर हल्ला गर्ने प्रबृत्ति छ । यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।DSCN4959

मन्त्री महतले माइक्रोबायोलोजीका क्षेत्रमा काम गर्नेहरुले आफ्नो संभावनाको उजागर गर्नुपर्ने आवश्यकता औल्याउँदै नतिजामुखी आकर्षक प्रस्ताव ल्याएमा सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिए ।

सो कार्यक्रममा नास्टका उपकुलपति प्रा डा.जीवराज पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको आवश्यक पर्ने जनशक्ति तयार रहेको बताए ।

त्यसैगरी कार्यक्रममा समाजका अध्यक्ष रजनी मल्लले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा हुने अनुसन्धानलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ