काठमाडौँ । फुटबलको लोकप्रियतालाई ध्यानमा राख्दै, फुटबल प्रेमीलाई अझ बढी रमाइलो र खुसीको उपहार दिन सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी ११ को नामबाट एक नयाँ क्याम्पेन ल्याएको छ ।
लियोनेल मेसी, क्रिस्टीयानो रोनाल्डो र वेन रुनी जस्ता ११ अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु भएको यस क्याम्पेन अन्तर्गत ती खेलाडीहरुले एलियनबाट पृथ्वीलाई बचाउन खेल्ने फुटबल खेल, मोबाइल गेम जस्ता विभिन्न ग्यालेक्सी ११ ब्राण्डेड आकर्षक तथा रमाइला सामाग्रीहरु राखिएका छन ।
यस क्याम्पेनलाई निरन्तरता दिँदै, नेपालका लागि सामसुङका आधिकारिक विक्रेता, आइएमएसले ग्यालेक्सी ११ अन्तर्गत आफ्ना ग्राहकका लागि विभिन्न योजना ल्याएको छ । यस योजना अन्तर्गत असार ३० गतेसम्म ग्यालेक्सी एस ५का नयाँ तथा पुराना दुवै ग्राहकले एउटा फ्रि गिफ्ट भउचर पाउनेछन् । यस गिफ्ट भउचरको प्रयोग गरी सामसुङ ब्राण्ड शपबाट यीमध्ये कुनै एक सामान सित्तैमा पाउन सकिन्छ–ग्यालेक्सी ११ ब्राण्डेड फुटबल, जर्सी र क्रिस्टियानो रोनाल्डो भएको प्रोक्टेटिभ कभर ।
साथै, असार ७ गतेसम्म हरेक ग्यालेक्सी एस ५ को खरिदसँग ग्राहकले पाउनेछन् रु १० हजारको क्यासब्याक र रु ५ हजारको डाटा भएको एनटी सिम । नेपालमा पनि ग्यालेक्सी ११ को एण्ड्रोइड एप डाउनलोड गरी ग्यालेक्सी ११ मोबाइल गेमको मज्जा लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया