वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमको नाफा ३ अर्ब

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । नेपाल दुरसंचार कम्पनी (टेलिकम) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सवा ३ अर्ब रुपैयाँ नाफा गरेको छ । nepal telicomeगत वर्षको सोही समयको तुलनामा कम्पनीको ७७ करोड ३२ लाख बढि नाफा गरेको हो । गत वर्षको वर्ष पहिलो त्रैमासमा २ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको थियो । कम्पनीले साधारण टेलिफोन, जिएसएम मोवाइल, सिडिएमए, एडिएसएल, वाईम्याक्स, ईभिडिओ तथा अन्र्तराष्ट्रिय र अन्र्तदेशिय गरी दर्जनभन्दा धेरै सेवा विस्तार गरेको छ । दुरसंचार सेवाबाट पहिलो त्रैमासमा ९ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

दुरसंचार क्षेत्रमा प्रतिस्पर्धा बढेपनि समयसापेक्ष सेवामा विशिष्टकरण र गुणस्तर सुधार गर्न नसक्दा कम्पनीले सेवाबाट गर्नुपर्ने आम्दानी बढाउन सकेको छैन । टेलिकमको मुख्य आम्दानी जिएसएम मोवाइल सेवा भएपनी गुणस्तरमा सधै जिएसएममै गुनासा बढ्ने गरेका छन् ।

कम्पनीको प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पहिलो त्रैमासमा योजनाहरु बन्ने अवधि भएकोले ठुलो नाफा नदेखिएपनि बार्षिक लक्ष्य पुरा हुने बताए । कम्पनीले तीन महिनामा विभिन्न शिर्षकमा पाँच अर्ब ७६ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही समय ६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको थियो ।

फिक्वेन्सी शुल्क र लाइसेन्स शुल्क यस वर्ष कम तिरकोले कम्पनीको खर्च कम देखिएपनि प्रशाशनिक खर्च बढेको छ । कम्पनीको । कम्पनीले आयकरबापत एक अर्ब रुपैयाँ तिरेको छ ।

कम्पनीले फ्रिक्वेक्सी शुल्क २० करोड, लाइसेन्स शुल्क १६ करोड, बुझाएको छ जनु गत आवको पहिलो त्रैमासमा फ्रिक्वेन्सीका शुल्क दुई अर्ब ४९ करोड, एक अर्ब रुपैयाँ तिरेको थियो । गत आवमा कम्पनीले ८४ करोड र लाइसेन्स शुल्क ३ अर्ब ३५ करोड रुपैयाँ तिरको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ