वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णालीका ८० प्रतिशत कर्मचारी काठमाडौं बसेर जागीर पचाउँछन्

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । मुख्य सचिव लिलामणी पौडेलले कर्णाली अञ्चलका पाँच जिल्लामा काम गर्न खटाइएकामध्ये ८० प्रतिशत कर्मचारी काठमाडौंमै रहने गरेको खुलासा गरेका छन । ती जिल्लामा खटाइएका उच्च तहका कर्मचारी विभिन्न कारण देखाएर काठमाडौंबाटै जागीर खाने गरेको उनले बताए । “विभिन्न बाहाना बनाएर ती जिल्लामा खटाइएका कर्मचारी राजधानीमै बस्छन् ।” कर्णाली क्षेत्रको समग्र विकासबारे आइतवार संसदको विकास समिति आयोजना गरेको छलफलमा उनले भने ।

lilamani_poudel
त्यस्ता कर्मचारीले योजना सदर, माथिल्लो निकायसँग समन्वयन गर्ने र अन्य विभिन्न कारण देखाएर राजधानीमा बस्ने गरेको पौडेलको भनाइ छ । “यसकारण पनि त्यहाँ कर्मचारी खटाउन गाह्रो भइरहेको छ” उनले भने ।

बेलाबेलामा विभिन्न मन्त्रालयसँग कर्मचारी राजधानीमै राखेर कर्णालीको विकास हुन्छ भने त्यहाँका कार्यालय पनि यस्तै सारौं भनेर निर्ममतापूर्वक व्यवहार गर्नुपरिरहेको पौडेलले अनुभव सुनाए । कर्णाली अञ्चलमा खटाइएको कर्मचारीले दण्ड पाएजस्तो अनुभव गर्ने गरेको समेत पौडेलले उल्लेख गरे ।

कतिपय अवस्थामा स्थानीयले पनि सरकारी कर्मचारीलाई नराम्रो व्यवहार गर्ने गरेको छन । बाहिरबाट गएको कर्मचारीलाई विकास गर्न आएको होइन भन्ने भावना स्थानीयमा रहेको उनले स्पष्ट पारे । त्यसकारण सबैले कर्मचारीलाई पनि काम गर्न योग्य वातावरण बनाउदिन मुख्य सचिव पौडेलले आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ