वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंका छतमा गमला खेती

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार

काठमाडौं । घरको छतमा खेती गर्नका लागि सहरबासीलाई उत्पेरीत गर्ने उद्देश्यले गमला वितरण गरिएको छ । अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ राष्ट्रिय कार्यान्वयन समितिले काठमाडौंका एक सय घरलाई गमल वितरण गरेको हो ।

IMG_8582
विलासी जीवन र विषादीयुक्त खाद्यन्नका कारण सहरीबासीहरु स्वस्थ्य बन्दै गएकाले फुर्सदको सयममा उनीहरुलाई घरको छतमा खेती गर्न उत्प्रेरणा प्रदान गर्नका लागि नमुनामा रुपमा एक सय परिवारलाई गमला वितरण गरिएको समितिका सदस्यसचिव खेम पाठकले बताए ।
बुधबार ललितपुरमा आयोजित गमला वितरण कार्याक्रममा सहभागीहरुले समेत नमुना खेती गर्ने प्रतिवद्वता व्यक्त गरे ।

समितिले गमला खतीको बारेमा वितरण भएको ४० दिन भित्र अनुगमन गरिने पनि जनाएको छ । अनुगमनका क्रममा गरिएको खेतीको अवस्था, परिवारको अनुभव, भए गरेका उपलब्धि, आई परेका अप्ठ्यारा लगाएतका विषयमा अध्यायन हुनेछ । अनुगमनका लागि संगम महत, वेद प्रसाद सापकोटा, शैलेश सिलवाल रहेको ३ सदस्य अनुगमन समिति पनि गठन गरेको कार्यन्वयन समितिले जनाएको छ ।

अभियान अन्र्तगत अहिले देशका ७५ वटा जिल्लामा अभिमुखिकरण, ¥याली प्रदर्शन, ५ सय गाविसमा अभिमुखिकरण, नमुना खेती प्रदर्शनी, सय गाविसमा अगुवा कृषकलाई तालिम र अनुगमन लगायत कृषिसम्बन्धी अध्यय\अध्यापन गराईने क्याम्पसहरुमा अन्तक्रिया कार्यक्रम सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ