वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्रालयलाई टुक्रयाएर दुईवटा मन्त्रालय बनाइनुपर्छ:उद्योगमन्त्री बस्नेत

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले अर्थमन्त्रालयलाई राजस्व सहितको दुइवटा मन्त्रालय बनाइनुपर्ने बताएका छन् ।mahesh basnet आइतबार भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको प्रथम साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले भने, ‘अर्थ मन्त्रालयलाई धेरै भार भयो, यसलाई टुक्रयाएर दुईवटा मन्त्रालय बनाइनुपर्छ, एउटा अर्थ मन्त्रालय, अर्को राजस्व मन्त्रालय ।

उनले वाणिज्य मन्त्रालयलाई उद्योग मन्त्रालयमा गाभ्नुपर्ने समेत बताए । यसो गरेमात्रै जनतालाई सहज हुने मन्त्री बस्नेतको दावी छ । ‘एउटा सानो कामका लागि ३(४ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता जनतालाई छ, त्यसैले राज्यको पुनःसंरचनासँगै मन्त्रिपरिषद्को पुनःसंरचना गर्नुपर्छ’’ उनले भने ।

अर्थमन्त्रीको विरोध गर्दै हिँडेको भन्ने चर्चाबारे उनले भने, ‘मैले अर्थमन्त्रीको विरोध गर्दै हिँड्यो भन्ने चर्चा चलेछ, मलाई अरु मन्त्रालयको विरोध गर्नु छैन, मेरो भनाइ अर्थ मन्त्रालयले उद्योग व्यवसायीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्छ भन्ने हो । अहिले निरुत्साहित गर्ने काम भइरहेका छन् भन्ने मात्रै हो ।’ कर बढी असुल्ने व्यवस्थाले मात्रै देशको विकास नहुने जिकिर गर्दै मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि उद्योगको विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रालयले देशभरको औद्योगिक प्रोफाइल बनाउन लागेको उनले जानकारी पनि दिए । औद्योगिक सूचना केन्द्र गठन गर्न लागेको, खानीहरुको अन्वेषण गर्न लागेको र खानी विभाग तथा कम्पनी रजिष्ट्रार कार्यालयलाई पाँचवटै विकास क्षेत्रमा विस्तार गर्न लागेको बस्नेतले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ