काठमाडौं । रौतहतको चन्द्रनिगाहपुरस्थित नेपाल एसवीआई बैंकको शाखामा अज्ञातसमूहले मंलबार दिउँसो लुटपाट गरेका छन् । चार—पाँच जनाको समूहले पेस्तोल लिएर बैंकभित्र छिरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।
बैंकबाट करिव २० लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । सुरक्षा गार्ड शेरबहादुर कार्की लुटेराहरुको प्रतिकार गर्न खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार लुटपाटबारे अनुसन्धान भैरहेको छ ।
प्रतिक्रिया